लसनको कार्यविवरण बारे

लसनको कार्यविवरण बारे लसनको कार्यविवरण बारे

धेरै विदेशी क्रुहरू काम गर्ने लसनमा गरिने विभिन्न प्रकारका कामहरू बारे जानौं। लसनमा "पसल क्रु", "कुकिङ्ग क्रु", "डेलिभरी क्रु", "सरसफाइ क्रु" जस्ता कामहरू छन्।

विभिन्न भाषामा क्यास रजिष्टर सञ्चालन सम्भव। ढुक्क भएर काम गर्न सकिन्छ।
मुख्य कामहरू भनेको रजिष्टर सञ्चालन, ग्राहक सेवा, बिक्रीको लागि पसलमा सामान मिलाएर राख्ने, पसलमा कम भएको सामान थप्ने, सफाइ, सजिलै बनाउन सकिने खानेकुरा बनाउने आदि हुन्।
विभिन्न प्रकारका कामहरू छन् तर सजिलो कामबाट सुरु गर्न लगाइन्छ। अलिअलि गर्दै सिक्दै गएमा समस्या हुँदैन। सबै कामहरू बारे विस्तृत रूपमा जान्न सकिने गरी प्रशिक्षण र म्यानूअलको व्यवस्था गरिएको छ। साथै पसल म्यानेजर र सहकर्मीहरूले पनि तपाईंलाई सहयोग गर्नुहुन्छ।
जापानी भाषा राम्रोसँग लेखपढ गर्न नआउने व्यक्ति पनि ढुक्क हुनुहोस्। लसनको क्यास रजिष्टर विभिन्न भाषामा सञ्चालन गर्न सकिन्छ (चाइनिज भाषा/सरलीकृत, भियतनामी भाषा र नेपाली भाषामा डिस्प्ले हुन्छ)। साथै सँगै काम गर्ने क्रु र ग्राहकहरू कुराकानी गरिरहने हुनाले, जापानी भाषा पनि सिक्न सकिन्छ। लसनमा धेरै विदेशी क्रुहरू काम गरिरहेको हुनाले, जापानमा काम गर्ने तरिका तथा जापानको जीवन सम्बन्धी सल्लाह पनि गर्न सकिन्छ।
यदि तपाईंलाई "म त जापानमा काम गर्न सक्दिँन कि क्या हो?" जस्तो लागेपनि चिन्ता नगर्नुहोस्। लसन विदेशी क्रुहरूको लागि काम गर्न सजिलो वातावरण भएको पसल हो।

पसल क्रु माग सम्बन्धी विस्तृत जानकारी

यो तताउने, फ्राइ गर्ने, काँट्ने, भाँडामा हाल्ने जस्ता सजिलो खानेकुरा बनाउने कार्यहरू गर्ने काम हो।
यो लसनको पसल भित्र भएको किचनमा गरिने सजिलो खानेकुरा बनाउने काम हो। ग्राहक सेवा गर्नु नपर्ने काम हुनाले, जापानी भाषामा राम्रोसँग कुराकानी गर्न नसक्ने व्यक्तिले पनि यो काम गर्न सक्नुहुनेछ। बेन्तो, ओनिगिरी, स्यान्डविच, साइड डिस आदि बनाई, बिक्रीको लागि शोकेसमा लगेर राखिन्छ। यो पकाइसकेको खाना तताउने, फ्राइ गर्ने, काँट्ने जस्ता कुराहरू गरी, राम्रो देखिने गरी भाँडामा हाल्ने काम हो।
लसनको कुकिङ्ग क्रुको काम गर्नको लागि कुकको अनुभव, खाना बनाउने सीप, योग्यता आदि आवश्यक छैन। सबै कामहरू बारे विस्तृत रूपमा जान्न सकिने गरी प्रशिक्षण र म्यानूअलको व्यवस्था गरिएको छ। साथै अनुभवी कुकिङ्ग क्रुले पनि तपाईंलाई सहयोग गर्नुहुन्छ। चित्र वा फोटोमा राम्रो देखिने गरी भाँडामा हाल्ने उदाहरण निश्चय गर्न सकिने हुनाले, जापानी भाषा लेखपढ गर्न गाह्रो लाग्ने व्यक्तिले पनि काम गर्न सक्नुहुनेछ।

कुकिङ्ग क्रु माग सम्बन्धी विस्तृत जानकारी

यो पसल वरपर सामान पुर्‍याउने काम हो।
यो लसनको पसलबाट ग्राहकको घरमा सामान पुर्‍याउने काम हो। सवारी चालक अनुमति पत्र आवश्यक छैन। विशेष कार्ट अथवा साइकलमा सामान पुर्‍याउने काम हो। सामान पुर्‍याउने ठाउँ पसलबाट ५०० मिटर भित्र हुने हुनाले टाढा जानु पर्दैन। डेलिभरी गर्ने सामान प्राय: हलुका हुने भएकोले महिला वा वृद्ध नागरिकले पनि पुर्‍याउन सक्छन्।
लसनको डेलिभरी क्रुले गर्नुपर्ने सबै कामहरू बारे विस्तृत रूपमा जान्न सकिने प्रशिक्षण र म्यानूअलको व्यवस्था गरिएको छ। साथै अनुभव नभएका धेरै विदेशी क्रुहरू काम गरिरहेका छन्। "नक्सा थाहा नभएकोले चिन्ता लाग्ने", "काम याद गर्न सकिन्छ कि सकिँदैन भनेर चिन्ता लाग्ने" व्यक्तिहरू पनि ढुक्क हुनुहोस्। डेलिभरी क्षेत्रको नक्सा, रुट, चिन्न सजिलो भवनहरू सिक्दै, बिस्तारै काम याद गर्न सकिन्छ।

डेलिभरी क्रु माग सम्बन्धी विस्तृत जानकारी

यो पसल भित्र र पसल बाहिर सरसफाइ गर्ने काम हो।
सफाइ तालिका अनुसार, फास्ट फूडको शोकेस र कफी मेसिन सफा गर्ने, बिक्री गर्ने सामान राख्ने ठाउँ पुछेर सफा गर्ने, भुईँ सफा गर्ने, पसल बाहिर सफा गर्ने, शौचालय सफा गर्ने आदि पसलको सफाइको जिम्मा दिइन्छ। यो जापानी भाषा लेखपढ गर्न गाह्रो लाग्ने विदेशी व्यक्तिले पनि गर्न सक्ने काम हो। लसनको एक दिनको सफाइ तालिका तोकिएको हुन्छ। हरेक कुना-कुनाको सरसफाइ तथा स्वच्छता व्यवस्थापनको लागि, सरसफाइ क्रुले समयतालिका अनुसार तोकिएको समय भित्र सफाइ कार्य पूरा गर्नु आवश्यक हुन्छ।
यो "जापानी भाषा राम्रोसँग बोल्न नसक्ने" र "जापानमा कामको अनुभव नभएको" व्यक्तिहरूले सजिलै आँट गर्न सक्ने काम हो। यदि तपाईंलाई काममा समस्या पर्‍यो वा केही बुझ्न सक्नुभएन भने, तुरुन्तै अनुभवी सहकर्मी क्रुले तपाईंलाई मद्दत गर्नुहुन्छ। राम्रोसँग बुझ्न सकिने प्रशिक्षण र म्यानूअलको पनि व्यवस्था गरिएको छ। ढुक्क हुनुहोस्।

सरसफाइ क्रु माग सम्बन्धी विस्तृत जानकारी