पार्ट टाइम गर्न चाहने विदेशी नागरिकको लागि तयार पारिएको "प्राय: सोधिने प्रश्नहरू"

प्राय: सोधिने प्रश्नहरू प्राय: सोधिने प्रश्नहरू

जापानमा काम खोजिरहनुभएको विदेशी नागरिक तथा प्रवासी विद्यार्थीको लागि "प्राय: सोधिने प्रश्नहरू र ती प्रश्नहरूका जवाफहरू" तयार पारेर राखेका छौं।

अन्तरवार्ता जापानी भाषामा दिनुपर्छ?
हजुर। अन्तरवार्ता जापानी भाषामा दिनुपर्छ। तपाईंले काम गर्न चाहने पसलको पसल म्यानेजरले अन्तरवार्ता लिनुहुन्छ। सामान्यतया अन्तरवार्ता एक पटकमा सकिन्छ।
आवेदन दिने तरिका?
आवेदन फारम भरेर आवेदन दिनुहोस्। केही दिन भित्र सम्बन्धित पसलको कर्मचारीले तपाईंलाई सम्पर्क गर्नुहुनेछ। टेलिफोन वा इमेल मार्फत जवाफ (रिप्लाइ) पठाइनेछ।
कति वर्षदेखि कति वर्षसम्मको व्यक्तिले आवेदन दिन पाउँछन्?
१५ वर्ष (उच्च मा. वि.) भन्दा बढी हुनुपर्नेछ। अन्य उमेर प्रतिबन्ध छैन।
कत्तिको जापानी भाषाको जानेको हुनुपर्छ?
दैनिक रूपमा गरिने सामान्य कुराकानी गर्न सक्ने हुनुपर्छ।
लसनमा काम गर्नको लागि आवश्यक सीप छ?
विशेष कुनै सीप वा योग्यताको आवश्यक छैन। पसल म्यानेजर र अनुभवी सहकर्मीहरूले राम्रोसँग काम गर्ने तरिका सिकाउनुहुन्छ। प्राय: सबैले अनुभव बिना नै सुरु गर्नुहुन्छ। ढुक्क हुनुहोस्।
अन्तरवार्ताको बेला के-कस्ता कागजात चाहिन्छन्?
अन्तरवार्ताको बेला निम्न २ कुराहरू लिएर आउनुहोस्।
१. पासपोर्ट (राहदानी)
२. निवासी कार्ड (प्रवासी विद्यार्थीको भिसा भएको खण्डमा बसोबास योग्यता बाहेकका अन्य गतिविधिहरू गर्ने अनुमति (सिखाकुगाइ खाचुदो क्योखा) प्राप्त भइसकेको प्रमाण हुने कागजात)
कस्तो काम गर्नुपर्छ?
क्यास रजिष्टर, ग्राहक सेवा, सजिलो खानेकुरा बनाउने, बिक्रीको लागि पसलमा सामान मिलाएर राख्ने, सरसफाइ आदि। सबै कामहरूको म्यानूअल छ। अनुभव नभएको व्यक्तिले पनि याद गर्न सक्छ।
लसनमा कस्ता मान्छेहरू काम गरिरहेका छन्?
उच्च मा. वि.को विद्यार्थी, विश्वविद्यालयको विद्यार्थी, प्रवासी विद्यार्थी, गृहिणी, वृद्ध नागरिक आदि काम गरिरहेका छन्। विभिन्न उमेर, लिङ्ग, राष्ट्रीयता आदिका मान्छेहरू काम गरिरहेका छन्।
कपाल कटाइ वा पहिरन आदि सम्बन्धी नियमहरू छन्?
लसनको पहिरन तथा कोरिबाटीको मापदण्ड छ। अन्तरवार्ताको बेला विस्तृत रूपमा भन्नेछौं।
काम गर्ने समय वा बार छान्न सकिन्छ?
सकिन्छ। अन्तरवार्ताको बेला विस्तृत रूपमा भन्नेछौं।
राती काम गर्न सकिन्छ?
सकिन्छ। लसनमा राती काम गर्ने विदेशी क्रुहरू धेरै हुनुहुन्छ।
ओभर टाइम हुन्छ?
सामान्यतया ओभर टाइम हुँदैन। ओभर टाइम आग्रह गर्नु परेको बेला, अग्रिम रूपमा तपाईंसँग सल्लाह गरिन्छ।