लसनमा विभिन्न देशका धेरै विदेशी नागरिकहरूले काम गरिरहनु भएको छ । तपाईँहरूले गर्न चाहनु भएको समय र दिन मिलाएर शिफ्टमा काम गर्न सकिने गुण कम्बिनिमा हुन्छ । आरुबाइतोको अनुभव नभएका व्यक्ति, छोटो होस् या लामो अवधि काम गर्न चाहने, राती वा बिहान मात्रै काम गर्न चाहने व्यक्तिलाई पनि अत्यन्त स्वागत छ ।
तपाईँलाई मिल्ने काम अवश्य भेटिन्छ !! जापानी भाषा त्यति बोल्न नआउने व्यक्ति भएपनि हुन्छ । धक नमानिकन आवेदन दिनुहोस् ।
क्यास रजिष्टर चलाउँदा हुने चिन्ता हटाउने !
स्वचालित पैसा फिर्ता आउने मेसिन
हामीले लसनको सबै पसलहरूमा स्वचालित पैसा फिर्ता आउने मेसिन राख्ने कार्यलाई अगाडि बढाइरहेका छौं। पैसा फिर्ता दिँदा गल्ती होला भनेर डराउन नपर्ने भएकोले विदेशी क्रुहरूले रुचाएका छन्।
बहुभाषी POS रजिष्टर
लसनको POS रजिष्टर विभिन्न भाषामा संचालन गर्न सकिन्छ | चाइनिज भाषा ( सरलीकृत )भियतनामी भाषा र नेपाली भाषामा डिस्प्ले गर्न सकिन्छ |
कामको जानकारी
लसनको कार्यविवरण सजिलोसँग बुझ्न सकिने गरी व्याख्या गरिएको छ।